वीरगन्ज भन्सारबाट लिलाम सकार गरेको गाडीको मोडल नम्बर ढा“टेर अर्को गाडी नामसारी गरेको अभियोगमा पर्सा प्रहरीले जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोसित उनिन्थान र महाप्रबन्धक (जीएम) कमलजीत बर्मालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई सरकारी छाप, दस्तखत कीर्ते र ठगी आरोपमा पक्राउ गरेको हो । ७ पुस ०६८ मा १८ लाख ५ हजार रुपैया“मा सकार भएको महिन्द्रा स्कार्पियो ६ दिनपछि नारायणी यातायात कार्यालयमा जगदम्बा प्रालिको नाममा दर्ता भएको थियो । प्रहरी उपरीक्षक अधिकारीले २००५ को मोडेल लिलाम भएकोमा यातायातमा २०१० मोडेल भन्दै दर्ता भएको पाइएको बताए । ‘बैठा एक्लैले किर्ते गर्न नसक्ने भएकाले उच्चपदस्थ कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर म्याद थप गरिएर , अनुसन्धानको काम भइरहेको छ।गाडीको इन्जिन र चेसिस नम्बर भने परिवर्तन भएको छैन । मोडल नम्बर र सिट संख्या ढा“टिएको छ । सो गाडी ६ चैत २०६९ मा कम्पनीकै वितरक प्रमोद साहलाई २८ लाख रुपैया“मा बिक्री गरिएको थियो ।
Saturday, 13 July 2013
चर्चित उधोगको कालो धन्दा, जगदम्बा स्टिल्सको अर्को कर्तुत ! Khabar Bhitra Ko Khabar
Posted on 22:02 by Unknown
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment