इन्डोनेसियामा बक्सिङ खेलमा भागदौड मच्चिंदा १८ को मृत्यु भएको छ । पूर्वी पूवा प्रान्तको नाविरमा गएराति भएको दुई स्थानीय मुक्केबाजबीचको भिडन्तपछि हार्ने पक्षका समर्थकले जित्ने पक्षका समर्थकमाथि कुर्सी बर्साउन थालेपछिको भागदौडमा यति ठूलो संख्यामा ज्यान गएको हो । मारिनेमा अधिकांश महिला रहेका बीबीसीले जनाएको छ । झण्डै आठ सय मानिस अट्ने क्षमता रहेको उक्त रंगशालामा एक हजार बढी दर्शक भएका कारण भागदौड मच्चिंदा धेरैले ज्यान गुमाएको जकार्ता प्रहरीले जनाएको छ । खेलका क्रममा रंगशालाका पाँचमध्ये दुई वटा गेटमात्र खुल्ला रहेका थिए । भागदौडमा थुप्रैको संख्यामा घाइते भएको प्रहरीले जनाएको छ ।यसअघि सन् २०११ मा जकार्तामा इन्डोनेसिया र मलेसियाबीचको फुटबलका क्रममा भागदौड मच्चिंदा दुई फुटबल समर्थकको ज्यान गएको थियो ।
Monday, 15 July 2013
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment