काठमाडौंको सुरक्षा व्यवस्था फितलो हुँदै आएको धेरै भइसकेको छ। पछिल्लोपटक त काठमाडौं अत्यन्तै असुरक्षित बन्दै गएको छ। राजधानी छिर्ने नाकामा यतिहदसम्मको गैरजिम्मेवार एवं फितलो सुरक्षा अन्य मुलुकको राजधानीमा हुँदैन, जुन यहाँ भइरहेको छ। हत्या र विस्फोटका केही प्रतिनिधिमूलक घटनाको मात्र कुरा गर्न खोजिएको होइन, आपराधिक तìवहरूले यहाँको कमजोरीमा टेकेर काठमाडौंलाई अपराधको स्वर्ग बनाइरहेका छन्। काठमाडौंमा उपत्यकाका नाकाबाट अपराधीहरूको प्रवेश अत्यन्तै सहज बनिरहेको छ।
राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा र सबै नाकाहरुमा अत्याधुनिक उपकरण र तालिम प्राप्त कुकुरबाट विष्फोटक पदार्थको चेकजाँच गर्नुका साथै उच्चा सर्तकताको तयारी भइरहेको छ । विष्फोटक पदार्थ आयात रोक्नका लागि र अपराध नियन्त्रण गर्नेगर्नको लागी पनि येसो भइरहेको जानईएको छ । नाम नसुनेका र अस्तित्वमा नभएका संगठनहरुले भ्रम छरेर राजनीतिक तरलताको फाइदा उठाउदै भय र आतंक श्रृजना गर्न खोजेपनि त्यसलाई सुरक्षाकर्मीले विफल पर्न सक्ने र त्यस्ता संगठित समूहलाई कारवाही गर्न प्रहरी सक्षम रहेको दावी गरे ।
0 comments:
Post a Comment