अन्तरिम चुनावी सरकारले निर्वाचनलाई उच्च प्राथामिकतामा राख्दै कुल ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । निर्वाचनसँगै ऊर्जा, कृषि, पर्यटन र राष्ट्रिय गौरवको योजनालाई विशेष प्राथामिकता दिँदै सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट सर्वाजनिक गरेको हो । बजेटले निजामति कर्मचारीको तलब भक्तामा १८ प्रतिशत वुद्धि गरेको छ । अध्यादेशमार्फत राष्ट्रिय योजना आयोगको हलबाट सार्ववनिक गरिएको बजेटमा चुनावी सरकारले मंसिर ४ गते हुने भनिएको निर्वाचनका लागि १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चुनावलाई निस्पक्ष र धाँधली रहित बनाउन पनि कुनै कसर नराख्ने बताइएको छ ।
Sunday, 14 July 2013
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment