नेपालमा १५ देखि १९ उमेर समूहका हरेक पाँच जना किशोरीहरुमध्ये दुईभन्दा बढीको विबाह भइसकेको तथ्यांकले देखाएको छ । साथै सोही उमेर समूहका १७ प्रतिशत किशोरीहरु पहिलो पटक गर्भवती वा आमा भइसकेको पनि तथ्यांकले देखाएको छ ।
यो समूहका विबाहित किशोरकिशोरीहरुमध्ये ८६ प्रतिशतले परिवार नियोजनको आधुनिक साधनहरु प्रयोग नगरेको पनि कार्यक्रममा बताइयो । कार्यक्रममा दिइएको जानकारीअनुसार सन् २०१०–११ मा सरकारी स्वास्थ्य संस्थाहरुमा मात्रै गर्भपतन गराउनेको संख्या ९५ हजार पुगेको थियो ।
राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ बर्षका उमेर समूहकालाई किशोर किशोरीका रुपमा परिभाषित गरेको छ । दैनिक विश्वमा एक करोड ८० लाख युवती प्रजननका लागि सहभागी हुने भए पनि उनीहरूमा प्रजननबारे वास्तविक ज्ञानको अभाव देखिएको छ ।
0 comments:
Post a Comment