भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्नु गल्ती भएको भन्दै पूर्वप्रधानमन्त्री एवं दलका नेताहरूले आत्माआलोचना गरेका छन् । निर्वाचनका विषयमा छिमेकी मुलुकको चासो बुझ्ने र सहयोग जुटाउन भेट्ने क्रममा आफूहरूले पदीय हैसियत बिर्सिएको भन्दै उनीहरूले आत्मालोचना गरेका हुन् ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पदीय मर्यादा विपरित भारतीय विदेशमन्त्री सलमान खुर्शिदलाई भेट्नु कमजोरी भएको स्वीकार गर्नुभएको छ । ट्वीटरमार्फत भट्टराईले खुर्शिदलाई भेटेर आफूले गल्ती गरेको स्वीकार गर्नुभएको हो ।यस्तै एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले पनि एकदिने भ्रमणमा आउनु भएका भारतीय बिदेशमन्त्री खुर्सीदलाई होटलमा गएर भेट गर्नु गलत भएको भन्दै माफी माग्नु भएको छ । सबैदलका नेता भेटका लागी होटलमा पुगेकाले आफुपनि बाध्यात्मक रूपमा जानुपरेको तर, यो परम्परा गलत भएको भन्दै उहांले माफी माग्नु भएको हो ।त्यस्तै, पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहनु भएका श्रेष्ठले आफुले सधै राष्ट्रिय स्वाधिनताका बिषमा कुरा गरेको तर, आफुलाई भारत बिरोधीको संज्ञा दिइएको प्रति दुख समेत ब्यक्त गर्नुभयो ।
यसअघि हिजो नेपाली काग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पनि पूर्व प्रधानमन्त्रीले के गर्न हुने र नहुने भन्ने प्रष्ट ब्यबस्था नभएकाले खुर्सिदसंग भेटवार्ता गरेको प्रष्ट पार्नु भएको थियो ।भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउ“दा भट्टराई सहित पूर्व प्रधानमन्त्रीहरू पुष्प कमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र झलनाथ खनालले पदीय मर्यादा भुलेर मंगलबार होटलमा नै भेट्न पुगेका थिए ।
0 comments:
Post a Comment