‘चोट के हो व्यथा के हो म जस्तो घाईतेलाई सोध, मिलन के हो खुसी के हो मसंग कलिल्यै नसोध..’ यो गितसँगै मेल खाने जनआन्दोलन २०४६ सालका घाईते तारा खड्का। एउटै जुनीमा धेरै पटक मरेको मान्छे जनआन्दोलनका जिउदा शहिद आज पेटभरी खान पाएका छैनन्। औषधी खानको लागि शहर शहरमा भौतारिएर हिडेका छन्। औषधी सेवन गर्न मासिक १६ सय नपुग भएपछि उनी अहिले देशका शहरहरुमा भौतारिएका छन्। यसै क्रममा उनी अहिले स्याङ्जा जिल्लाका बजारहरुमा झोलामा आफ्ना वारेमा लेखिएका पत्र पत्रिका देखाउदै हिडेका छन्।
दुई चार रुपैया संकलन गरी उनले आफ्नो दैनिकी चलाएका छन्।यसै क्रममा स्याङ्जाको वालिङ आइपुगेका तारा खड्काले सरकारले आफूलाई कुनै सहयोग नगरेको गुनासो गरेका छन्। हाम्राकुरा डटकमसँग कुरा गर्दै खड्काले आफ्नो जीवन निर्वाहका लागि मागेरै विताइरहेको छु। पत्रपत्रिकामा आफ्नो बारेमा छाप्न पाए भने सजिलै संग औषधी खाने पैसा जुट्छ भनेका छन्। सरकारले कुनै सहयोग नगरेपछि आफू सडकमा मागेर गुजारा चलाउन भौतारिएको उनले बताए।
जनआन्दोलन २०४६ को क्रममा तीन गोली लागेर घाइते भएका तारा खड्कालाई पञ्चायती शासकको ठाडो आदेशमा छाला काटेर नुन खुर्सानीमात्र दलेनन् जिब्रो पनि काटी दिए। प्रहरी हिरासतमा यातना दिइ मारेर फालेको खड्का दुई दिनपछि कालीमाटीको पुलमुनि अचेत अवस्थामा भेटाइएको थियो। अहिले उनी जिउंदा छन् तर पनि हजार पटक मरेर जिइरहेका छन् कतैबाट सहयोग नपाएर अतालिएका खड्का अझै पनि कतैबाट सहयोग पाइन्छ कि भन्ने आशामा भौतारिरहेका छन्।
0 comments:
Post a Comment