तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धितालको हत्या भएको तीनवर्ष बितिसक्दा पनि दोषी पत्ता नलागेकोमा परिवारले चिन्ता व्यक्त गरेका छन् । तुलसीपुर नगरपालिका ६ एकता टोलस्थित धिताल निवासमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी परिवारले हत्यारा पत्ता नलागेकोमा चिन्ता व्यक्त गरेका हुन् । प्रहरीले अनुसन्धान जारी छ भन्दै घटनाप्रति उदासिनता देखाएको श्रीमती मञ्जुले बताइन् । ‘अनुसन्धान भइरहेको छ भन्ने मात्रै सुनिन्छ तर हत्यारा पत्ता लगाउन केही काम भएको छैन,’ उनले भनिन्, ‘हामी रोइरोइ थाकिसक्यौं । दिउँसै हत्या हुँदा अपराधी पत्ता नलाग्ने कस्तो विडम्बना हो ?’ हत्यारालाई कारबाहीका लागि जति हारगुहार गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरिन् ।
२०६७ साल साउन ६ गते कामको सिलसिलामा उरहरी गाविसमा पुगेका रेडियो तुलसिपुरका तत्कालीन अध्यक्ष देवीप्रसाद धितालको एक समूहले गोली हानि हत्या गरेको थियो । धितालको हत्यामा संलग्नहरुको अझै पनि पहिचान हुन सकेको छैन।
भिडियो हेर्नुहोस ! Avenues Television News: Off The Beat ( Source: youtube.com/nepalivideoplus)
0 comments:
Post a Comment