नवलपरासीमा नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा परेको अत्यधिक पानीका कारण नारायणी नदीमा पानीको बहाव बढेको हो । जल तथा वर्षा मापन केन्द्र देवघाटका कृष्णप्रसाद अधिकारीका अनुसार यस वर्षकै उच्च आज ८ मिटर ८० सेन्टिमिटर मापन गरिएको छ । नारायणी नदीमा पानीको सतह ६ दशमलव ८ मिटरभन्दा तल भएमा सामान्य, ६ दशमलव ८ मिटरदेखि ८ मिटरसम्म खतरा, ८ मिटरभन्दा माथि भएमा उच्च खतरा रहेको मानिन्छ ।
नवलपरासीको आरुणखोलामा आएको बाढीका कारण त्यस क्षेत्रका करिव तीन दर्जन भन्दा बढी घर डुवानमा परेका छन् । गएरातीदेखि परेको अविरल बर्षासंगै आएको बाढीले नयाँबेलहानी गाविसको वाड नम्बर ७ स्थित बगरटोलाका करिव तीन दर्जन घर डुवानमा परेको हो
Watch Video Reports: Avenues Television News ( Source: Youtube.Com/nepalivideoplus)
0 comments:
Post a Comment