असारको पहिलो साता मध्य र सुदूरपश्चिममा बाढी तथा पहिरोले संकट निम्त्यायो भने असारको अन्त्यतिर आएर पूर्वाञ्चर र मध्यमाञ्चलमा बाढी तथा डुबानको संकट उत्पन्न भएको छ ।झापादेखि रौतहटसम्म बाढी तथा डुबानले ठूलो जनधनको क्षतिको खतरा बढाएको छ । झापामा मात्रै पाँचजनाको मृत्यु भैसकेको छ । त्यसै गरी अबिरल वर्षाका कारण सप्तकोसी नदीको कोसी ब्यारेजमा खतराको सूचक रातो झण्डा गाडिएको छ ।एकलाख ५० हजार क्यूसेक प्रतिसेकेन्ड पानी कोसीमा बग्न थालेपछि रातो झण्डा राख्ने गरिन्छ ।
बुधबार दिउँसोदेखि नै कोसीमा पानीको बहाव बढ्ने/घट्ने क्रम जारी छ ।बुधबार मध्याह्न २ लाख ४३ हजार ९१० क्यूसेक प्रतिसेकेन्डको दरले पानीको बहाव भइरहेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटा ढोकामध्ये ३७ बटा खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।कोसीमा पानीको बहाव बढेसंगै कोसीको पश्चिमी क्षेत्रमा रहेको श्रीलङ्का टापूतर्फ कटान सुरु भएको छ । श्रीलङ्का टापू कोसीको भङ्गालोको बीचमा पर्छ । कोसीले कटान थालेपछि सो क्षेत्रका सर्वसाधारण आतंकित भएका छन् ।त्यसै गरी रौतहटको लालबकैया र बागमती नदीमा आएको बाढीले सदरमुकाम गौर र डेढ दर्जन गाविसका झण्डै साढे ३ हजार घरपरिवार प्रभावित भएका छन् ।
सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ६ टिकुलिया टोल नजिक लालबकैया नदीको बाँध भत्किँदा सदरमुकामका वडा नम्बर २, ४, ५, ६ र ७ का झण्डै ४ सय घर डुबानमा परेका छन् ।बाढीले धान र उखुबाली नष्ट गरेको छ । सदरमुकामका पाँच वटा ठाउँ सुरक्षित ठाउँका रुपमा पहिचान गरिएको छ । कुनै क्षति हुन नदिन उद्दार टोली तयारी अवस्थामा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।
0 comments:
Post a Comment