Baby Rescued Alive From Toilet Pipe
WATCH VIDEO
चीनको एक अपार्टमेन्टको शौचालयको पाईपबाट एक नवजात शिशुलाई जीवितै उद्दार गरिएको छ । जन्माएर फालिएको अवस्थामा बाबु–आमा पत्ता नलागेका उक्त नवजात शिशुको जीवितै उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्दारकर्मीले फालिएको अवस्थामा ती शिशुलाई जीवितै ट्वाईलेटको पाईपबाट निकालेका हुन् । ट्वाईलेटमा छिरेका ती शिशुलाई लगभग एक घण्टाको मिहिनेतपछि उद्दार गर्न उद्दारकर्मी सफल भएका जनाइएको छ ।
चीनको झेजियाङको पूर्वी प्रान्त जिन्हुवाको एक ट्वाईलेटको पाइपबाट उद्दारकर्मीले दुई दिनको नवजात शिशुलाई जीवितै उद्दार गरेका हुन् । समाचारका उक्त अपार्टमेन्टको चौंथो तलामा रहेको ट्वाईलेटबाट शिशु रोएको आवाज सुनेपछि स्थानीयले उद्दारकर्मीलाई खबर गरेका थिए । शिशुको अवस्था अहिले भने सामान्य भएको र उपचार चलिरहेको जनाइएको छ ।
0 comments:
Post a Comment